विपिन कार्कीको नयाँ रुप
काठमाडौं। नेपाली फिल्म ‘सेल्फी किङ’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ।
निर्माण टिमले मंगलबार बिहान फिल्मको फस्टलुक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरको हो। आउँदो माघ २४ गतेलाई प्रदर्शन मिति तय गर्दै सार्वजनिक गरिएको पोस्टरमा फिल्मका अभिनेता विपिन कार्की मात्र फिचर्ड छन्। प्रायः फिल्ममा भिन्न–भिन्न पात्रमा प्रस्तुत भएका विपिन ‘सेल्फी किङ’मा पनि विल्कुलै भिन्न र नयाँ रुपमा देखिएका छन्।
विशाल सापकोटाको डेब्यू निर्देशनमा तयार भएको फिल्मले ‘सेल्फी किङ’को नामले परिचित एक चर्चित हाँस्य कलाकारले कला यात्राको दौरानमा आफूले पाएको सफलता र ब्यक्तिगत जीवनबिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा भन्नेछ।
फिल्ममा विपिनले लक्ष्मी वर्देवासंग जोडी बाँधेका छन्। साथमा भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको फिल्ममा अभिनय रहेको छ। त्यस्तै अभिनेत्री केकी अधिकारीले फिल्ममा बिशेष भुमिकामा अभिनय गरेकी छिन्।
गतवर्ष प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’का निर्माता सुभाष थापा र सोही फिल्मका निर्देशक दिनेश राउतले संयुक्त रुपमा ‘सेल्फी किङ’ निर्माण गरेका हुन्।
फिल्ममा निर्देशक विशालकै लेखन, सुशन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत र निर्मल लामाको कोरियोग्राफी छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment