मिरुनालाई कस्तो लाग्यो आर्यन र भोलाराज ?

डिसी नेपाल
३ मंसिर २०७६ १३:५८

काठमाडौं। ‘लालपूर्जा’बाट फिल्म उद्योगमा भित्रिएकी अभिनेत्री मिरुना मगरले फरक–फरक अभिनेतासंग स्किृन शेयर गरेकी छन्। ‘लालपूर्जा’मा सौगात मल्ल र विपिन कार्कीसंग स्किृन शेयर गरेकी उनले ‘रोज’मा प्रदिप खड्का तथा ‘साइनो’मा राजकुमारसंग स्किृन शेयर गरिन्।

मिरुनाले अभिनेता आर्यन सिग्देल र भोलाराज सापकोटासंग स्किृन शेयर गरेको फिल्म ‘च च हुई’ आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। फिल्मबाट मिरुना निकै आशावादी छन्।

रोमान्टिक कमेडी जनरामा निर्मित फिल्ममा मिरुना हिमाली भेगकी यूवतिको भुमिकामा छिन्। ‘फिल्ममा हिमाली भेगकी युवतिको भुमिकामा छु। जसलाई सेल्फी लिइरहनुपर्छ’ आफ्नो क्यारेक्टर प्रष्टयाउँदै भनिन् –‘बाहिर जसको अगाडि पनि हाँसिदिने। जोसंग पनि मस्केर बोल्ने तर, परिवारसंग भने रिसाउने खालको भुमिका छ।’

उनले आफ्नो भुमिकालाई न्याय गर्न सक्दो मेहनत गरेको बताइन्। यो फिल्ममा काम गर्दा आफूले धेरै कुराहरु सिक्न पाएको मिरुनाको भनाई छ। आर्यन र भोलाराजसंग काम गर्दा सिकाईसंगै रमाईलो पनि उत्तिकै भएको बताउँछिन्, मिरुना।

‘उहाँहरु दुवैको ‘सेन्स अफ ह्युमर’ एकदमै राम्रो छ’ दुवैको तारिफ गर्दै मिरुनाले भनिन् –‘आर्यन दाईले सबैलाई हँसाइरहनुहुन्थ्यो। भोला दाईको सिरियस अनुहार भएपनि बोलिबाट सबैलाई हाँसो उठथ्यो।’

साम्तेन भुटिया निर्देशित ‘चच हुई’लाई अमृत घोले लामाले निर्माण गरेका हुन्। फिल्ममा आर्यन, मिरुना, भोलाराजका अलावा माओत्से गुरुङ शीर्ष भूमिकामा छन्।

फिल्मलाई दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त देखिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *