‘चपली हाइट ३’को शुभ–मुहुर्त गरियो

डिसी नेपाल
३ मंसिर २०७६ १५:१५

काठमाडौं। नेपाली थ्रीलर फिल्म ‘चपली हाइट’को तेस्रो श्रृखंलाको शुभसाइत गरिएको छ।

अर्जुन कुमारको निर्माणमा बन्ने फिल्म ‘चपली हाइट ३’को मंगलबार कार्यविनायक मन्दिरमा पूजा गरेर शुभसाइत गरिएको हो।
सस्पेन्स थ्रीलर जनरामै निर्माण हुने फिल्मलाई निकेश खड्काले निर्देशन गर्दैछन्। यसअघिका दुई श्रृखंललाई दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए।

फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिनेछिन्। त्यस्तै, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठको फिल्ममा मुख्य भूमिका रहनेछ। महेश र प्रतिकले यही फिल्मबाट अभिनय यात्रा थालनी गर्दैछन्।

मंसिर ५ गतेदेखि छायांकनमा जाने फिल्मको लागि अभिनेत्री स्वस्तिमाले भूमिकालाई लिएर दोधार व्यक्त गरिन। ‘भूमिकाको लागि म पुरै तयारी भएकी छैन। छायांकनमा जाँदासम्म सबै कुराले गति लिन्छ होला’– उनले भनिन्।

अर्की अभिनेत्री सुपुष्पाले कथामा पाएको भूमिकालाई लिएर उत्साहित रहेको बताइन। यस्तै निर्माता अर्जुन कुमारले अघिल्ला फिल्ममा जस्तै ‘चपली हाइट ३’मा दर्शक र संचारकर्मीको साथ पाउने आशा ब्यक्त गरे।

‘चपली हाइट’को दुई शृंखला चर्चामा थिए। तेस्रो शृंखलाको कथाबस्तु बलियो भएकाले निर्माण पक्षले यसबाट सफलता मिल्ने आशा लिएको छ।

अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलको संयुक्त लगानीमा फिल्म निर्माण हुन लागेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *