‘च च हुई’ले मनोरञ्जनसंगै हिमाली सुन्दरतालाई देखाउँछ : आर्यन सिग्देल
काठमाडौं। आउँदो शुक्रबारदेखि फिल्म ‘च च हुई’ प्रदर्शनमा आउँदैछ। साम्तेन भुटिया निर्देशित फिल्ममा आर्यन सिग्देल, भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ मुख्य भूमिकामा छन्।
प्रायः लभस्टोरी फिल्ममा देखिदै आएका अभिनेता आर्यन रोमान्टिक कमेडी फिल्ममा देखिएका हुन्। दुई बेकामे युवाको जीवनमा एउटा पुस्तकले ल्याउने उतारचढावलाई फिल्ममा रमाइलो तरिकाले चित्रण गरिएको छ।
फिल्ममा अभिनेता आर्यन ‘प्रेम’नामक पात्रको भूमिकामा प्रस्तुत छन्। ‘मेरो पात्रले दर्शकलाई पूर्णरुपमा मनोरञ्जन दिन्छ। मलाई दर्शकले हेर्न चाहेको भूमिकामा म देखिए जस्तो लाग्छ’ आर्यनले भने, ‘यस फिल्मले हिमाली सुन्दरतालाई समेत देखाउँछ। यसले दर्शकको समय र पैसा सदुपयोग गर्छ।’

जीवनको पिङ च च हुई गरेर मच्चिन खोज्दा आउने अवस्थालाई फिल्ममा देखाइएको निर्देशक भुटिया बताउँछन्। आर्यन र भोलाराज हङकङमा काम गरिरहेका साथिको भूमिकामा छन् भने मिरुना हिमाली भेगको युवतीको भूमिकामा छिन्।
एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले फिल्मको निर्माण गरेका हुन्। फिल्ममा पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको पनि अभिनय छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment