एक किलो टमाटरको मूल्य तीन सय पुगेपछि विवाहमा टमाटरको माला (भिडियो)
लाहोर। पाकिस्तानमा यतिबेला टमाटरको भाउ तीन सय रुपैयाँ प्रतिकलो पुगेको छ। अवस्था कस्तो सम्म छ भने मानिसहरुले टमाटरलाई बहुमूल्य चीजसँग तुलना गर्न थालेका छन्।
टमाटरको भाउ अचाक्की बढेपछि लाहेरमा एक युवतीले आफ्नो विवाहमा टमाटारको माला लगाएकी छन्। यी युवतीको फोटो र भिडियो यतिबेला समाजिक संजालमा भाइरल बनेको छ।
भिडियोमा एक बेहुली टमाटरको झुम्का, अन्य गहना लगाएको देख्न सकिन्छ। ती युवतीले पाकिस्तानको महंगी र खस्किँदो अर्थव्यवस्थाप्रति व्यंग गर्न आफूले टमाटारको माला लगाएर विवाह गरेको बताएकी छन्। साथै ती युवतीले विवाहमा टमाटारको माला बन्छ भने त्यो कति महंगो र बहुमूल्य रहेछ भन्ने देखाउन आफूले माला लगाएको बताएकी छन्।
२ मिनेट २० सेकेण्डको यो भिडियो समाजिक संजालमा मंगलबार न भाइरल भएको थियो। इन्टरभ्यूको ट्विटरमा यो भिडियो ३२ हजार पटक हेरिएको छ। फेसबुकमा १३ लाख पटक हेरिएको छ। हजारौं मानिसले विरोध गर्ने तरिकालाई लिएर बेहुलीको प्रसंसा गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment