गोदावरीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

डिसी नेपाल
५ मंसिर २०७६ ९:४०
4
Shares

गोदावरी । कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा जिपकोे ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालिका–२ बस्ने ३४ वर्षीय देवराम टमटा रहेको छ।

कञ्चनपुरको झलारीबाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नंको महिन्द्रा जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका टमटाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

टाउको र शरीरमा गम्भीर चोट लागेका टमटाको अत्तरियास्थित पद्मा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

घटनाबारे अनुसन्धान भइरहेको तथा ठक्कर दिने जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *