विचित्र संसार : एउटै रुखमा ४० प्रकारका स्वादिष्ट फल
काठमाडौं। पृथ्वीमा कयौं प्रकारमा जडीबुटी र रुख विरुवा छन्। सामान्यतया एउटा रुपमा एकै प्रकारको मात्रै फल लाग्ने गर्छ। तर के तपाईँले कहिल्यै एउटा रुखमा एक सिजनमा ४० प्रकारको फल लागेको सुन्नु भएको छ?
यस्तो अनौठो रुख ‘ट्री अफ ४०’ नामले चर्चित छ। जसलाई अमेरिकामा एक जना भिजुअल आर्टसका प्रोफेसरतले तयार पारेका हुन्। यसको विशेषता भनेको कयौं प्रकारका स्वादिष्ट फल लाग्छन्।

अमेरिकास्थित सेराक्युज युनिभर्सिटीमा भिजुअल आर्टका प्रोफेसर स्याम वान एकेनले यो अनौठो रुखमा पिता हुन्। यो विशेष प्रकारको रुखलाई विकसित गर्न उनले वैज्ञानिक प्रविधिको सहारा लिएका थिए। उनले यो कामको सुरुवात २००८ मा गरेका थिए।

उनले न्यूयोर्क राज्यमा एउटा कृषि बगैंचा देखेका थिए, जहाँ करिव २०० प्रकारका विभिन्न रुख विरुवा थिए। प्रोफेसर वान किसान परिवारका थिए। त्यसकारण उनीलाई कृषिमा रुची थियो। आफ्नो त्यही शोखको कारण प्रोफेसर वानले त्यो बगैंचालाई लिजमा लिए।
र, ग्राफ्टिङ प्रविधिको सहयोगबाट उनले ‘ट्री अफ ४०’ जस्तो अद्भुत रुख उमार्न सफल भए। यो ‘ट्री अफ ४०’ को मूल्य करिव ३२ लाख रुपैयाँ पर्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment