ट्रेलरमा यस्तो देखियो ‘माया पिरिम’
काठमाडौं। यही मंसिर २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘माया पिरिम’को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक गरिएको ट्रेलरमा मायाप्रेममा आउने उतारचढावसंगै कमेडी र एक्सनको समिश्रण छ।
टेक पौरखी राई निर्देशित चलचित्रमा कोशिश क्षेत्री, किरण चन्द, अनुपमा भण्डारी, अर्जुन गुरुङ्ग, कालु राना, जयनन्द लामा, अरुणा कार्की, विशाल पहाडी, रमन राई लगायतका कलाकारहरुको अभिनय छ। त्यस्तै चलचित्रको एक गीतमा अभिनेता सलोन बस्नेत र मोडल अञ्जली अधिकारीले नृत्य गरेका छन्।
चलचित्रको कथा सविन अधिकारीले लेखेका हुन्। उनी चलचित्रका निर्माता समेत हुन्। चलचित्रमा सविनसंगै प्रविन थापा निर्माताको रुपमा रहेका छन्। त्यस्तै सागर बस्नेत र कोषराज दाहाल चलचित्रको कार्यकारी निर्माता हुन् भने चलचित्रको सह–निर्मातामा मोहन मरासैनी र युवराज दाहाल रहेका छन्।
चलचित्रमा निरज कँडेलको छायांकन, श्री श्रेष्ठको द्वन्द्व, कोशिश क्षेत्रीको संगीत तथा शिशिर खातीको कोरियोग्राफी छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment