सत्तारुढ दलका विद्यार्थी नेता बलात्कार आरोपमा जेल
Indra Hang Rai
काठमाडौं। आफ्नै प्रेमिकाकी बहिनीलाई देउसी खेल्न भन्दै बोलाएर बलात्कार गरेको आरोपमा पक्राउ परेको सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राई पुर्पक्षका लागि जेल चलान भएका छन्।
आरआर क्याम्पस स्ववियु सहसचिबसमेत रहेका राईलाई शुक्रबार जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल पठाउने आदेश गरेको हो।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दा चलाउने आदेश दिएको हो। राई गएको कात्तिक १२ गते राजधानी काठमाडौंबाट पक्राउ परेका थिए। राईलाई सुनधारा जेलमा पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment