पोखरामा काँग्रेसको शीर्ष नेतासहितको विशाल र्याली
तस्वीर : रासस
पोखरा। कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत शुक्रबार पोखरामा नेपाली काँग्रेसले शीर्ष नेतासहितको विशाल र्याली निकालेको छ ।
पार्टीका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला, डा रामशरण महत, डा मीनेन्द्र रिजाल, धनराज गुरुङलगायत नेता सहभागी र्याली चिप्लेढुङ्गाबाट न्यूरोड, सभागृह हुँदै पृथ्वीचोक पुगी सभामा परिणत भएको थियो । सभामा केन्द्रीय सदस्य रिजालले वर्तमान सरकारका संविधान विरोधी, अलोकतान्त्रिक प्रवृत्तिलाई सच्याउनका लागि उपनिर्वाचनमा काँग्रेसले जित्नुपर्ने बताए।
काँग्रेसले कास्की क्षेत्र नं २ मा छ दशक योगदान गरेका त्यागी निष्ठावान् नेता खेमराज पौडेललाई उम्मेदवारका रुपमा अघि सारेको उल्लेख गर्दै उनले त्याग र निष्ठाको राजनीतिका पक्षमा मतदान गर्न आग्रह गरे। काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलले आफू सधैँ जनताका पक्षमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment