लागुऔषधसहित तीन जना पक्राउ

डिसी नेपाल
६ मंसिर २०७६ २१:५३

काठमाडौं। नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोले पाँच हजार १९४ एम्पुल लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–३२ बालकुमारी पुलबाट मकवानपुरका २४ वर्षीय धनबहादुर वाइबा, ३६ वर्षीया सुनिता गोले र रत्नपार्कबाट ५५ वर्षीय रमेश शिवभक्तिलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले उपत्यकाका विभिन्न स्थानमा अवैध रुपमा लागऔषध कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले पक्राउ गरेका शिवशक्तिबाट डाइजेपाम १९४ एम्पुल, नुर्फिन १९० एम्पुल र फेनारगन १८९ एम्पुल तथा वाइबा र गोलेसँग डाइजेपाम एक हजार ४८७ एम्पुल, नुर्फिन एक हजार ५६४ एम्पुल, फेनारगन एक हजार ५७० एम्पुल र लागुऔषध नाइट्रोजेपाम पाँच हजार ५५० ट्याब्लेट बरामद गरेको हो ।

पक्राउ परेका शिवभक्ति र वाइवा यसअघि लागऔषध कारोबारमा संलग्न रहेको पाइएको ब्यूरोले जनाएको छ । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक कारवाही गरिने लामाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.