काजोलको त्यो बानी जसले अजयलाई तनाव दिन्छ

डिसी नेपाल
७ मंसिर २०७६ १३:२०
4
Shares

एजेन्सी। अभिनेता अजय देवगन र अभिनेत्री काजोललाई बलिउडमा उदाहरणीय जोडिको रुपमा लिइन्छ। यो जोडीको विवाह भएको २० वर्ष भयो र उनीहरुबीच धेरै माया छ। दुवै एकले अर्काको सकारात्मक र नकारात्मक बानीलाई स्वीकार गर्छन्। यति हुँदाहुँदै पनि काजोलको एक बानी जो अजयलाई मन पर्दैन, त्यसको बारेमा कुराकानी गरेका छन्।

अजयका अनुसार काजोल कहिलेकाँही अलि धेरै बोल्छिन्, यो बानीले उनलाई इरिटेड गर्छ। तर काजल बोल्न छोडिन् भने उनी काजोललाई मिस गर्छन्। सञ्चारमाध्यमसँग कुरा गर्दै अजयले भनेका छन्,’उनी सेटमा धेरै कुरा गर्छिन्, जब उनलाई कुनै काममा ध्यान दिन भनिन्छ तब उनी अर्कै काममा व्यस्त हुन्छिन्। म उनको धेरै बोल्ने बानीमा गुनासो गरिरहेको हुन्छु तर जब उनी चुप हुन्छिन्, तब म उनलाई के भयो भनेर सोध्छु। त्यहीभएर म केही बदल्न चाहन्न।’

अजय देवगनले काजोलसँग काम गर्न उनलाई सधैँ सहज हुने बताए। उनले भने, ‘सबैलाई थाहा छ, उनी शानदार कलाकार हुन्। कलाकार भएर उनीसँग काम गर्न सधैँ मजा आउँछ। उनी मलाई धेरै सहज महशुस गराउँछिन्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *