लोकदोहोरी प्रतिष्ठानमा ११ कलाकार निर्विरोध, को कुन पदमा निर्वाचित भए ?
काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं केन्द्रीय महाअधिवेशन पोखरामा जारी छ।
शुक्रबारदेखि शुरु भएको महाअधिवेशनबाट लोक तथा दोहोरी गीत प्रतिष्ठानले नयाँ नेतृत्व पाउँदै छ। महाअधिवेशन अन्तर्गत आज (आईतबार)विभिन्न पदका लागि मतदान हुँदैछ।
अध्यक्ष पदका लागि गीतकार रमेश वि.जी र गायक विष्णु खत्रीले उम्मेद्वारी दिएका छन्।
प्रतिष्ठानले केही पदमा भने नेतृत्व पाईसकेको छ। आगामी तिन वर्षे कार्यकालका लागि केही कलाकारहरु निर्विरोध निर्वाचित भईसकेका छन्।
निर्विरोध निर्वाचित भएका कलाकारहरु
बरिष्ठ उपाध्यक्ष : रीता थापा मगर
प्रथम उपाध्यक्ष : पशुपति शर्मा
द्धितिय उपाध्यक्ष : रामजी खाँण
महिला उपाध्यक्ष : राधिका हमाल
तृतिय उपाध्यक्ष : दिपक खड्का
महासचिव : सुवास के.सी
उप–महासचिव : शंकर बि.सी र शिव हमाल
सांगठनिक सचिव : खुमन अधिकारी
महिला सचिव : जमुना राना मगर
सह–कोषाध्यक्ष : पुर्णकला बि.सी
कसले कुन पदमा उम्मेद्वारी दिए ?
अध्यक्ष : रमेश वि.जी र विष्णु खत्री
कोषाध्यक्ष : राजु ढकाल र तारापति सुवेदी
सह–कोषाध्यक्ष : घनश्याम रिजाल र ईश्वरी प्रसाद भुषाल
सचिव (प्रशासनिक): कृष्ण रेउले र पुरुषोत्तम थापा
सचिव (खुल्ला) : जीवन दाहाल, प्रचण्ड जिसी, रमेश राज भट्टराई, कृष्ण आँशु विश्वकर्मा र विनोद वाजुराली, राजन गुरुङ, नविन पौडेल, बसन्त थापा, कुलेन्द्र विश्वकर्मा, हर डाँगी, नारायण प्रसाद खनाल, हुम गैरे, पुश्कल शर्मा
No ads found for this position


डिसी नेपाल
Facebook Comment