इशाले खोलिन् रहस्य, पिता धर्मेन्द्रले कहिल्यै हेरेनन् उनको फिल्म

डिसी नेपाल
८ मंसिर २०७६ १५:३९

एजेन्सी। अभिनेत्री इशा देओलले पछिल्लो समय शर्ट फिचर फिल्म केकवाकबाट अभिनयमा कमब्याक गरिन् । रामकमल मुखर्जीको निर्देशनमा बनेको यो फिल्मको लागि इशालाई बेस्ट एक्ट्रेसको अवार्ड दिइयो । यो उपलब्धीमा इशालाई आमा हेमा मालिनी र पिता धर्मेन्द्रले बधाइ दिए ।

पिता धर्मेन्द्रले बधाइ दिएपछि इशाले १७ वर्षपछि एउटा रमाइलो खुलासा गरेकी छिन् । उनले भनिन् पापाले पहिलो पटक मेरो कामको लागि मलाई बधाइ दिनुभएको हो । उहाँले आजसम्म मेरो एउटा पनि फिल्म हेर्नुभएको छैन । मलाई लाग्छ केकवाक मेरो पहिलो फिल्म होला जसलाई पापाले हेरेर मन पराउनुभएको होला । एक छोरीको लागि उनका पिताको शुभकामना नै सबैभन्दा ठूलो पुरस्कार हुन्छ ।

हेमा मालिनीको बायोग्राफी ‘बियोण्ड द ड्रीम गर्ल’मा पनि यो कुरा उल्लेख छ । खासमा धर्मेन्द्र इशाले अभिनय गरुन् भन्ने चाहँदैनथे । बायोग्राफीमा उल्लेख भए अनुसार कोइ मेरे दिल से पुछे बाट डेब्यू गरेपछि ६ महिनासम्म भर्मेन्द्र इशासँग बोलेका थिएनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.