क्रिश ४ का लागि ऋतिकले यी हिरोइनलाई गरे सिफारिस

डिसी नेपाल
८ मंसिर २०७६ १५:४०
4
Shares

एजेन्सी। यस वर्ष २ सुपरहिट फिल्म सुपर ३० र वारको सफलताको आनन्द उठाइरहेका अभिनेता ऋतिक रोशनले आफ्नो अर्को फिल्मको घोषणा गरेका छैनन् । उनले ४ फिल्मको पटकथा पढेर सकेका छन् । सूत्रका अनुसार अहिले ऋतिक आफ्नो होम प्रोडक्सन क्रिश ४ सुरु गर्ने वा अन्य प्रोजेक्टमा काम गर्ने भन्ने दोधारमा छन् ।

फिल्म क्रिश ४ को लागि कलाकारको अडिसन सुरु भइसकेको छ । यो फिल्मको लागि ऋतिकले मृणाल ठाकुरको नाम सिफारिस गरेका छन् । कृणाल ठाकुरले यसअघि सुपर ३० मा ऋतिकसँग काम गरिसकेकी छिन् र अहिले जर्सीको रिमेकका लागि शाहिद कपुरसँग तयारी गरिरहेकी छिन् ।

जर्सीमा मृणाल शाहिद कपूरको अपोजिट भूमिकामा देखिनेछिन् । यो फिल्ममा शाहिदले एक क्रिकेटरको भूमिका निभाउनेछन् । तेलुगु जर्सीको आधिकारिक हिन्दी रिमेकको निर्देशन तेलुगु जर्सीकै निर्देशक गौतमले गर्नेछन् । यो फिल्ममा मृणाल आएसँगै उनको कस्ट्युम र गेटअपको काम सुरु भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.