चितवनमा मेडिकल विद्यार्थीको आन्दोलन चर्कियो

डिसी नेपाल
८ मंसिर २०७६ १८:४७

काठमाडौं। मेडिकल कलेजहरुले बढी शुल्क लिएको विरोधमा चितवनका विद्यार्थीहरुले आन्दोलनलाई थप चर्काएका छन्। मेडिकल कलेजहरुले चिकित्सा शास्त्रमा अध्ययनरत विद्यार्थीहरुबाट अवैध रुपमा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुले आइतबार पनि प्रदर्शन गरेका हुन्।

विद्यार्थी, अभिभावक र नागरिक समाजले आइतबार भरतपुरको चौविसकोठीबाट र्याली निकाली नारायणगढ बजार परिक्रमा गरी पुनः चौविसकोठीमा पुगेर कोणसभा गरेका थिए। विद्यर्थीहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विगत तीनमहिनादेखि मेडिकल कलेजहरुविरुद्ध आन्दोलन गर्दै आएका छन्।

मेडिकल कलेजहरुले बढी शुल्क लिएको स्विकार गर्दा समेत सरकारले कारबाही नगरेको आरोप विद्यार्थीहरुले लगाएका छन्। विद्यार्थीहरुले सरकारले कारबाही गर्न नसके जनताले कारबाही गर्ने चेतावनी समेत दिएका छन्। सरकारले विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजहरुलाई दिएको समय अइतबार सकिएको छ। तरपनि मेडिकल कलेजहरुले अहिलेसम्म चासो नदिएको गुनासो विद्यार्थीहरुको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *