दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश विजी बिजयी, अन्य पदमा को-को ? (सूची सहित)

डिसी नेपाल
९ मंसिर २०७६ ७:५३

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नयाँ अध्यक्षमा गीतकार रमेश विजी बिजयी भएका छन्। बिजीले निकटतम प्रतिद्धन्द्धी बिष्णु खत्रीलाई ३९ मतले पराजीत गर्दै प्रतिष्ठानको सातौँ अध्यक्षमा बाजी मारेका हुन् । विजीसँग पराजित भएका गायक खत्री यसअघि दुईवटा महाधिवेशनमा चन्द्र शर्मा र बद्री पँगेनीसँग पराजित भएका थिए ।

विजीले ५ सय ८४ मत प्राप्त गर्दा खत्रीले ५ सय ४५ मत पाएका थिए । यहि मंसिर ६ गतेदेखि ८ गतेसम्म पोखरामा चलेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं केन्द्रीय महाधिवेशनले ५५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ।

कुन पदमा को विजयी

कोषाध्यक्ष – राजु ढकाल
सह–कोषाध्यक्ष – ईश्वरी प्रसाद भुसाल
प्रशासनिक सचिव – कृष्ण रेउले
खुला सचिवमा -जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जिसी, बसन्त थापा र पुष्कल शर्मा

७ महिला केन्द्रिय सदस्य 

सम्झना लामिछाने मगर, जानकी तारमी मगर, अञ्जली अधिकारी, जुना श्रीष मगर, अमृत लुगेली मगर, सरला पाण्डे र सिता पाण्डे

खुला केन्द्रिय सदस्य

देवी घर्ती, पिएन सापकोटा, प्रकाश सपुत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, बिमल अधिकारी, महेन्द्र गौतम, दिपक गरौजा मगर, सागर गुरुङ, बिक्रम थापा र युवराज मगर

त्यस्तै प्रतिष्ठानको केन्द्रिय सदस्य

भूगोल गण्डकी  – तारानाथ आचार्य
सुदूरपश्चिमतर्फ – नवीन धामी
केन्द्रिय सदस्य बिदेश शाखा – रामकृष्ण बम मल्ल र दुर्गा पंगेनी

यसअघि प्रतिष्ठानका ११ पद भने सर्वसम्मत चयन भएको थियो । जसमा बरिष्ठ उपाध्यक्षमा गायिका रिता थापा, प्रथम उपाध्यक्षमा चर्चित गायक पशुपति शर्मा, दित्तीय उपाध्यक्षमा गायक रामजी खाँण, तृतीय उपाध्यक्षमा दिपक खड्का, महिला उपाध्यक्ष तर्फ गायिका राधिका हमाल, महासचिवमा सुबास केसी, उपमहासचिवमा शिब हमाल गायक एवम् नृत्य निर्देशक शँकर बिसी सांगठनिक सचिबमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर र सह कोषाध्यक्षमा पुर्णकला बिसी निर्विरोध भएका थिए।

सबै उम्मेद्वारहरुले पाएको मत


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *