सन्नी भन्छन् – अभिनयमा लाग्ने कल्पनै थिएन, अब भने अभिनयमै भविष्य बिताउँछु
काठमाडौं। यही मंसिर १३ गतेदेखि नेपाली चलचित्र ‘सरौतो’ प्रदर्शनमा आउँदैछ। चलचित्रको शीर्ष कलाकार हुन्, सन्नी सिंह। ‘डायरी’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका सन्नीको यो तेस्रो चलचित्र हो। बिचमा उनले ‘जानी नजानी’ चलचित्रमा अभिनय गरेका थिए।
केही म्युजिक भिडियो तथा विज्ञापनमा समेत अभिनय गरिसकेका सन्नीको ‘सरौतो’ प्रर्दशन मिति नजिकिँदै गर्दा डिसी नेपालले छोटो कुराकानी गरेको छ।
‘सरौतो’लाई लिएर कत्तिको उत्साहित हुनुहुन्छ?
अत्यन्त उत्साहित छु। फरक कथा र शैलीमा चलचित्र बनेको छ। आफूले सक्दो राम्रो काम गरेको छु। टिमको निकै मेहनत छ। राम्रो हुन्छ भन्ने सबैको अपेक्षा हो।
चलचित्रमा तपाईको भूमिका कस्तो छ?
म एउटा फोटोग्राफर/भ्लगरको भूमिकामा छु। चलचित्रको शीर्ष भूमिकामा सुमी मोक्तान हुनुहुन्छ। उहाँले ‘वाणी’नामको पात्रको भूमिका निर्वाह गर्नुभएको छ। उहाँलाई सघाउने पात्रको भूमिका मैले निर्वाह गरेको छु।
अभिनय सानैदेखिको रहर की अचानक जोडिनुभएको ?
अभिनयमा लाग्छु भनेर बाल्यकालमा सोचेको थिइन। ज्यान बनाउने रुचि थियो। विस्तारै मोडलिङमा जाने रहर जाग्यो। सन २०१३ मा ‘म्यान हन्ट ईन्टरनेशनल’मा सहभागी भए। जसमा उत्कृष्ट पाँचभित्र अट्न सफल भएँ तथा मिस्टर फोटोजेनिकको उपाधि जितेँ। त्यसको २ वर्षपछि ‘डायरी’बाट अफर आयो र अभिनय गरेँ।
‘डायरी’मार्फत चलचित्रमा डेब्यू गर्दैगर्दा तपाईको चर्चा पनि राम्रै भएको थियो, तर त्यो अनुसार ब्यस्त हुनुभएन नि?
चलचित्र त गरिरहेको छु। ‘डायरी’पछि ‘जानी नजानी’गरेँ। अहिले ‘सरौतो’मार्फत दर्शकमाझ आउँदैछु। वर्षमा एउटा चलचित्र गरिरहेको छु। पायो भन्दैमा जस्तो पायो त्यस्तो चलचित्रमा पनि अभिनय गर्नुभएन। राम्रो स्किृप्ट, राम्रो टिम भएपछि काम गर्ने हो।
अब चाँही अभिनयमै भविष्य विताउने सोच्नुभएको छ कि अरु केही सोच छ?
चलचित्रमै निरन्तरता दिने सोच छ। राम्रो कथाका चलचित्रको अफर आए काम गर्नेछु। विस्तारै सिक्दै अगाडि बढिरहेको छु। केही समयअघि विरेन्द्र सर (हमाल)संग राष्ट्रिय नाचघरमा अभिनय प्रशिक्षण लिएको थिएँ। त्यस्तै कान्तिपुर फिल्म एकेडेमीमा पनि एक महिनाको प्रशिक्षण लिएको थिएँ।

शरीरलाई फिट राख्न के गर्नुहुन्छ ?
हरेक सातामा ५ दिन जिम जान्छु। आउटडोर गेम खेलिरहेको हुन्छु। खानामा पनि कन्ट्रोल गर्छु, ब्यालेन्समा खान्छु। अरु त्यस्तो केहीपनि छैन्।
अभिनयभन्दा बाहेक के कुरामा रुचि लाग्छ?
घुम्न असाध्यै रुचाउँछु। त्यस्तै ब्यवसायमा रुचि लाग्छ। अहिले पनि बाबाको व्यवसाय हेर्दै आएको छु।







डिसी नेपाल








Facebook Comment