एनआरएन उपाध्यक्ष लामालाई अमेरिकामा भव्य स्वागत

डिसी नेपाल
१० मंसिर २०७६ ८:३३

ज्याक्सन्हाईट, न्युयोर्क । नवनियुक्त एनआरएनएका उपाध्यक्ष सोनाम लामालाई हिमालयन याक रेष्टुरेन्टमा स्वागत गरिएको छ । सोही स्थानमा उपाधक्ष्य लामाले आफुलाई साथ सहयोग गरी बिजय बनाएकोमा अमेरिकामा रहेका नेपाली प्रति धन्यवाद व्यक्त गर्दै रात्री भोजको पनि आएजना गरेका थिए।

बिजय भएकोमा बधाई दिँदै महाबाणिजयदूत पुष्पराज भट्टराईले याक अब हात्तिमा परिणत होस भन्ने शुभकामना दिँदै भिजिट नेपाल २०२० सुरु हुँदैगर्दा एनआरएनले अझै खासै उल्लेखनिय कार्य गरेको देख्न नपाएको बताए ।

एसी शेर्पाले अमेरिका जस्तो विकसित देशमा रहेको एनआरएन आइसिसीका नेतृत्वले अब उच्चस्तरिय कुशलता, सीप देखाउँदै संसार भरी छरिएर रहेका नेपालीहरुलाई एकजुट पार्दै परिणाममूखी विकासका गतिबिधी एनआरएनले गर्नुपर्ने बताए ।

कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका सभापती आनन्द विष्टले समितिको तर्फबाट सोनम लामालाई बधाई दिँदै अब आगामी दिनमा आइसिसीको नेतृत्व समहाल्नुपर्ने बताए ।

विष्टले भारतले नेपालको भु–भाग अतिक्रमण गरेको विरुद्ध चाँडै समितिले संयुक्त राष्ट्रसंघ अगाडि सबै तह र तप्काका जनसमुदाय समेटेर एक विशाल र्याली र आमसभा आयोजना गर्ने पनि बताए ।

अन्तमा शैलेश श्रेष्ठले सोनम लामाको जित हामी अमेरिका बासी सबैको जित हो भन्दै एक–अर्कासँग हातेमालो गर्दै सफलताको प्रतिबद्धता गर्नु नै लोकतन्त्रको सुन्दरता भएको उल्लेख गरे ।

साथै पत्रकारिता कसैको तावेदारी गर्ने नभै विकृती र बिसंगतीको निरन्तर खबरदारी गर्ने हो भन्दै आँफु एनआरएनमा आएको बिकृतीमा सदही खरो आलोचक बनेको उल्लेख गरे ।

कार्यक्रममा छेपाङ गुरुङ, शैलेश श्रेष्ठ, महाबाणिजय दूत पुष्पराज भट्टराई, निमा लामा, असि शेर्पा, नविन शेरचन्, केशब राम राई जसस केन्द्रीय सभापती आनन्द बिष्ट, लोप्चेन्जोङ्, आङदावा शेर्पा, बेद प्रसाद खरेल्, रामहरी अधिकारी, राम कुमार बिष्ट, प्रमोद सिटौला, हरिनारायण सापकोट, मनराना मगर, बिष्णुमान प्रधान, प्रमोद सिटौला लगाएतको उपस्थिती रहेको थियो ।

त्यस्तैगरी अनन्त सुबेदि, हेमन्त मल्ल, बिआर लाम, चन्द्र जिसि, पदम गुरुङ्, सुमिता गुरुङ्, अनजन श्रेष्ठ, अनिल पाण्डे, दिनेस पाण्ड्, महश मल्ल्, सुर्य लम्साल्, थानेस्वर राई, मोहन श्रेष्ठ, छिरिङ डोल्मा शेर्पा, प्रभात सापकोटा, बिष्णु सुबेदी, भोजराज थोकर, रबिन बज्राचार्य लगायत तामाङ समाज्, बिद्यार्थी संघ्, आदिबसी जनजाती महासंघ का प्रतिनिधिहरु र अन्य धेरै सहभागीहरुको बाकलो उपस्थिती रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *