‘चपली हाइट–३’ चैत २८ देखि प्रदर्शनमा आउने

डिसी नेपाल
१० मंसिर २०७६ ९:३६

काठमाडौं । अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशनमा बनिरहेको चलचित्र ‘चपली हाइट–३’ले प्रदर्शन मिति घोषणा गरेको छ।

छायाँकनस्थलबाटै चलचित्रको प्रदर्शन मिति चैत २८ गतेका लागि घोषणा गरिएको हो। स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको चलचित्र नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आउने भएको हो।

‘छायाङ्कन जानुअघि नै प्रदर्शन मिति घोषणा गर्ने योजना थियो। तर, प्राविधिक काम कस्तो होला भन्ने दोधार थियो। छायाङ्कनको पाँचौ दिनसम्म आइपुग्दा चलचित्रको कामले लय समातेको छ,’ निर्माता अर्जुन कुमारले भने, –‘चलचित्र पूर्णरुपमा तयार हुन धेरै समय लाग्दैन। त्यसैले चैत २८ को प्रदर्शन मिति तय गरेका हौं। आगामी नयाँ वर्षमा दर्शकको लागि ‘चपली हाइट ३’ उपहार हुनेछ।’

सस्पेन्स थ्रिलर जानरामा यो चलचित्र निर्माण भैरहेको छ।

अब, यो चलचित्रको भिडन्त प्रदिप खड्का स्टारर ‘प्रेमगीत ३’ सँग भिडन्त हुने भएको छ। ‘प्रेमगीत ३’ले गएको ६ महिना अगाडि नै चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *