‘धेरै फिल्ममा रिजेक्ट भएको गीतले नै चिनायो’
काठमाडौं। कृष्ण काफ्ले पछिल्लो छिमलका चर्चित गायक हुन्। एक सय ५० बढी गीतमा स्वर दिईसकेका कृष्णलाई ‘छक्का पञ्जा’ फिल्मको ‘सुनन चम्पा देखन चम्पा’गीतले चर्चाको शिखरमा पुर्याएको हो।
तर, त्यो गीत धेरै फिल्ममा रिजेक्ट भएको थियो। कृष्णका अनुसार दीपकराज गिरी–दीपाश्री निरौलासंगको चिनजान पहिल्यदेखिकै थियो। पहिले ‘वडा नम्बर ६’मा कृष्णले गीत गाउने पक्कापक्की थियो। पछि, अर्कै गीत राखियो। त्यसको एक वर्षपछि दीपक–दीपा ‘छक्का पञ्जा’को तयारीमा लागेका थिए। कृष्णले आफै दीपक–दीपालाई फोन गरेर आफूसंग एउटा फरक खालको गीत रहेकोले सुन्न बोलाए।
कृष्ण डिसी नेपालसंग सुनाउँछन्, –‘त्यो गित ३/४ वटा फिल्ममा रिजेक्ट भईसकेको थियो। उहाँहरुलाई सुनाउँदा भने खुसी हुनुभयो।’
शान्तीप्रियको शब्द, दीपक शर्माको संगीत, कृष्णको स्वर रहेको गीतलाई स्रोता÷दर्शकले अत्याधिक रुचाए। फिल्म ‘छक्का पञ्जा’ पनि अत्याधिक चल्यो।
गीतको लोकप्रियताबारे कृष्ण भन्छन्, –‘त्यो गीत पूर्वदेखि पश्चिमसम्म नै मन पराउनुभयो। म कार्यक्रमको शिलशिलामा जहाँ गएपनि गाउन आग्रह आएकै हुन्छ।’ केही फिल्ममा रिजेक्ट भएको गीतले कृष्णलाई नसोँचेको सफलता दिलायो।
त्यसयता भने ‘किम्मत २’को ‘तिम्रो पिक्चर हिट’, ‘मंगलम’को ‘पर्ख पर्ख मायालु’, ‘मारुनी’को ‘हाने मैले झटारो’ लगायतका गीत स्रोता/दर्शकले अत्याधिक रुचाए। अहिले कृष्णमा डिमाण्ड देश विदेशका मेला/महोत्सवमा बढ्दो छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment