क्रिस गेलले भने – ‘फ्रेन्चाइजी क्रिकेटमा सम्मान पाउँदिन’
काठमाडौं। क्रिस गेल जब फर्ममा हुन्छन् त्यतिबेला फ्रेन्चाइजी क्रिकेटमा उनको ठूलो माग हुन्छ तर जब केही खेलमा उनी असफल हुन्छन् त्यसपछि उनकै टिमले उनलाई बोझ ठान्न थाल्छन् । क्रिस गेल आफैंले विगतका वर्षहरुदेखि केही खेलमा असफल भएकै कारण आफू टिमको लागि बोझ बनेको महसुस गरेको बताए ।
यी ४० वर्षीय ओपनरले एमएसएलमा जोजी स्टार्सको लागि ६ इनिङमा मात्रै १०१ रन बनाए । इएसपिएनक्रिकइन्फोका अनुसार गेलले भने ‘जब म दुई वा तीन खेलमा टिमको लागि राम्रो प्रदर्शन गर्दिन त्यसपछि क्रिस गेल टिमको लागि बोझ बन्छ ।’ उनले अगाडि भने ‘म केवल यो टिमको कुरा गरिरहेको छैन । फ्रेन्चाइजी क्रिकेट खेल्ने क्रममा विगत केही वर्षदेखि मैले यो आँकलन गरेको छु । यदि म दुई तीन वा ४ इनिङमा रन बनाउन सकिन भने क्रिस गेल बोझ बन्छ । यस्तो लाग्छ एक खास व्यक्ति टिमको लागि बोझ हो ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment