२२ तले भवन ३० सेकेण्डमा यसरी भत्काइयो (भिडियो)

डिसी नेपाल
११ मंसिर २०७६ ९:५५

जोहानिसबर्ग। दक्षिण अफ्रीकाको जोहानिसबर्गमा आइतबार बैंक अफ लिस्बनको २२ तले भवन ८९४ किलोग्राम विस्फोटक पदार्थको सहायतामा ३० सेकेण्डमा भत्काइएको छ। १०८ मिटरमा बनेको यो भवन ११४ मिटर अग्लो थियो।

यो भवनमा गत महिना सेप्टेम्बरमा आगो लागेको थियो। घटनामा तीन दमकलकर्मीको मृत्यु भएको थियो। त्यसपछि गौतेंग प्रान्तीय प्रशासनले यो भवनलाई असुरक्षित घोषित गर्दै यसलाई भत्काउने निर्णय गरेको थियो।

एक जना अधिकारीले भने–यो भवन भत्काउने अहिलेसम्म भत्काइएको भवनमा सबै भन्दा मुश्किल काम थियो। यद्यपी यो पूर्ण रुपमा सफल भएको छ। भवनलाई भत्काउनु पहिला आसपासका करिव दुई हजार मानिसलाई सुरक्षित स्थानमा हस्तान्तरण गरिएको थियो।’

भिडियाे


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *