संविधानको मूल मर्म र भावना विपरीत कसैले कार्य गर्नु हुदैनः नेता गच्छदार
इटहरी । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले जनअपेक्षित संविधानको मूल मर्म र भावना विपरीत कसैले कार्य गर्न नहुने बताएका छन्।
काँग्रेस जिल्ला कार्य समिति सुनसरीले आज इनरुवामा आयोजना गरेको विरोधसभामा उनले वर्तमान सरकारबाट नेपाली जनताको चाहना र आवश्यकता पूर्ति हुन नसक्ने आरोप लगाए।
काँग्रेस सुनसरीका सभापति एवं प्रदेश १ का प्रम्रख प्रतिपक्षी दलका नेता सांसद राजीव कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त सभामा काँग्रेसका नेताहरु ज्ञानेन्द्रबहादुर कार्की, मीनकुमार विश्वकर्मा, सीताराम मेहता लगायतले सरकारका गलत क्रियाकलापविरुद्ध काँग्रेस एक ढिक्का भएर आगाडि बढ्नुपर्नेमा जोड दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment