‘माछा माछा’बाट आशावादी सौगात
काठमाडौं। अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘माछा माछा’ यही मंसिर २० गतेदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ। फिल्मको प्रदर्शन मिति नजिकिएसंगै सौगात प्रचार–प्रसारमा छन्।
‘हाकु काले’ का नामले चिनिएका सौगातले पछिल्लो समय खासै हिट फिल्म दिन सकेका छैनन्। कुनै समय हरेक फिल्ममा फरक भूमिका गर्न चहाना र खुबी भएका अभिनेताका रुपमा चिनिएका सौगात पछिल्ला दिन भने प्रायः उस्तै फिल्म र भूमिकामा देखिने गरेका छन्। त्यसैले पनि हुनुपर्छ, ‘लूट’ मा ‘हाकु काले’जस्तो चरित्र पाएका सौगात पछिल्लो समय भने खासै जम्न सकेको पाइँदैन्।
उनका एकपछि अर्को फिल्मले बक्स अफिसमा गतिलो ब्यापार गर्न नसकिरहेको अबस्थामा ‘माछा माछा’बाट उनी आशावादी देखिन्छन्। मंगलबार राजधानीमा पत्रकारसंगको भेटमा सौगातले फिल्मप्रतिको आशा ब्यक्त गरे।
दयाहाङ राई र रामबाबु गुरुङले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा सुनिल गुरुङको लेखन तथा निर्देशन छ। फिल्ममा सौगातका अलावा नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, प्रविण खतिवडा, सरिता गिरी, पुष्कर गुरुङ लगायतको अभिनय छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment