विराजले सार्वजनिक गरे ‘साङ्लो’को गीत

डिसी नेपाल
१२ मंसिर २०७६ १५:२९

काठमाडौं। एक्सन स्टार विराज भट्टको निर्देशकीय डेब्यू फिल्म ‘साङ्लो’ आउँदो माघ २४ गतेदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ।

विराजको पहिलो निर्देशन र झण्डै तीन वर्षपछि अभिनयमा कमब्याक गर्न लागेका कारण ‘साङ्लो’लाई फिल्मकर्मी र दर्शकले चासोका रुपमा हेरेका छन्। विराजले पनि फिल्मका लागि आफूले निकै मेहनत गरेको बताउँदै आएका छन्।

यसैबीच विराजले बिहीबार फिल्ममा समावेश ‘चरीले काफल टिप्यो’बोलको रोमान्टिक गीतसार्वजनिक गरेका छन्। गीतको भिडियोमा अभिनेता विराज र अभिनेत्री निकिता चण्डक फिचर्ड छन्। मिस नेपाल–२०१७ निकिताले यसै फिल्ममार्फत नेपाली रजतपटमा डेब्यू गर्दैछिन्।

राजनराज शिवाकोटी र मिलन नेवारले यस गीतमा स्वर दिएका छन्। गीतमा शब्द तथा संगीत पनि राजनराजको नै रहेको छ।

शिवम अधिकारीको लेखन रहेको ‘साङ्लो’ले किड्नी तस्करीको कथा वाचन गर्ने बताइएको छ।

फिल्ममा विराज र निकिताका साथमा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको अभिनय छ। विराज भटट् फिल्म प्रोडक्सन प्रा.ली.को व्यानरमा निर्मित फिल्मको निर्माता तेज बहादुर खड्का हुन्।

सुरेश अधिकारी र राजनराज शिवाकोटीको संगीत रहेको फिल्मका गीतमा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ।

फिल्ममा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको द्धन्द्ध तथा अर्जुन जिसीको सम्पादन छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *