धमलापत्नि एलिजा अभिनित चलचित्र ‘अनुराग’को ट्रेलर सार्वजनिक

डिसी नेपाल
१५ भदौ २०७५ ६:५८

काठमाडौँ। चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम धमला अभिनीत चलचित्र ‘अनुराग’को ट्रेलर सार्वजनिक भएको छ।

केही महिना अगाडि चलचित्रको ‘यस्तो साथ बन्छु म’ बोलको गीत सार्वजनिक भएको थियो जुन निकै चर्चित भएको थियो। असोज १२ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा एलिजाको अपोजिटमा समुन्द्र पण्डितको अभिनय छ ।

त्यस्तै ठिलेन लामा, सरोज खनाल, रूपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला विश्व बस्नेत, कमल कान्त मैनाली, विद्या भट्टराई, दावा लामा लगायतको पनि अभिनय छ । ऋषिराज धमलाको प्रस्तुतिमा तयार भएको ‘अनुराग’लाई सत्यराज चौलागाइँले निर्देशन गरेका हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *