नेपथ्यको कन्सर्ट अब सिड्नीमा

डिसी नेपाल
१५ मंसिर २०७६ १५:२७

काठमाडौं। ‘नेपाल टच’को आयोजनामा लोक–रक ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको सिड्नीमा कन्सर्ट गर्ने भएको छ। ‘नेपथ्य लाईभ इन सिड्नी–२०१९’ नाम दिइएको यस कन्सर्टको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन हो ।

डिसेम्बर १४ तारिख अर्थात् मंसिर २८ गते हुने कन्सर्टको लागि विग टप लुना पार्क रोजिएको छ। उक्त हलमा ३ हजार दर्शक अट्नेछन्। कन्सर्टमा ३ हजार नै दर्शक आउने अपेक्षा गरिएको छ।

नेपाली टचले नेपाली समुदायलाई लक्षित गरी अष्ट्रेलियामै विगत १० वर्षदेखि विभिन्न समाजिक सांस्कृतिक एवंम मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको छ। यस कार्यक्रमले अष्ट्रेलियामा रहेका विद्यार्थीहरु र दर्शकहरुलाई आफ्नो देशप्रतिको माया दर्शाउने विश्वास लिइएको आयोजकले बताएको छ। अष्ट्रेलियामा हुने नेपथ्यको विभिन्न कार्यक्रमको संयोजक पनि नेपाल टच रहेको छ।

नेपाली सांगीतिक व्याण्ड ‘नेपथ्य’ विश्वमाझ परिचित छ। नेपाली दर्शक तथ स्रोतामा नेपथ्यको रुचाइएको ब्याण्ड हो। फरक शैलीका गीतहरु तयार गरेर नेपथ्यले आफ्नो छुट्टै स्थान बनाएका छन्। नेपथ्यको देशदेखि विदेशसम्म धेरै संख्यामा कन्सर्ट भईसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *