रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

डिसी नेपाल
१६ मंसिर २०७६ १०:५६

काठमाडौँ । पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ स्थित नयाँमिलमा रोकिराखेको टिपरमा गए राति मोटरसाइकलले ठक्कर दिँदा दुई युवाको घटनास्थलमै मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार भे १ ब १४४८ नम्बरको टिपरलाई ना ४३ प ३३४६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका–६ बस्ने २८ वर्षीय नवीन कँडेल र सोही स्थानका ३१ वर्षीय दीपक पन्थ रहेका छन्। सो घटना गए राति भएको थियो ।

चौधरी मृत फेला

सैनामैना नगरपालिका–४ स्थित रामलखनपुरामा आज एक मृतावस्थामा फेला परेका छन् ।

कपिलवस्तुका वाणगङ्गा निवासी ४२ वर्षीय जग्गु चौधरीको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय, मुर्गियाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.