सिद्धबाबालाई चार दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति
विराटनगर। चताराधामका धर्मगुरू सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जबरजस्ती करणी मुद्दामा चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। सुनसरी जिल्ला अदालतले सोमबार गिरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
सोमबार बिहान पक्राउ परेका गिरीलाई स्वास्थ्य परीक्षणपछि अदालत लगिएको थियो। अदालतले जबरजस्ती करणी मुद्दामा थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिए पनि स्वास्थ्य अवस्थाका कारण गिरीलाई पुन: अस्पताल नै पठाइएको छ।
आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने गिरीलाई सुनसरी प्रहरीले अस्पतालको आइसियूबाटै पक्राउ गरेको थियो। गिरीलाई ‘माइनर हार्टअट्याक’ भएपछि आइसियूमा राखेर उपचार थालिएको विराटनगर अस्पतालले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment