आउँदो शनिबार बिहे गर्दै ऋचा शर्मा

डिसी नेपाल
१७ मंसिर २०७६ १२:५७

काठमाडौं। अभिनेत्री ऋचा शर्माले आउँदो शनिबार बिहे गर्ने भएकी छिन्। यो कुराको ऋचा स्वयंमले जानकारी दिएकी हुन्।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले डिसेम्बर ७ अर्थात् यही मंसिर २१ गते बिहे गर्ने जानकारी गराएकी छिन्। ऋचा राजधानीको लबिम मलका म्यानेजर दिपेक्क्ष विक्रम राणासँग लामो समयदेखि प्रेममा थिइन्। यी दुईले आफ्नो प्रेमलाई बिहेमा परिणत गर्न लागेका हुन्।

उनले सामाजिक सञ्जालमा बिहेको मिति सार्वजनिक गर्दै शुभेच्छुकलाई धन्यवाद र आफूहरुलाई बधाई दिएकी छिन्।

केही समयअघि ऋचाले पोखरा पुगेर आफ्ना साथीहरुलाई ब्याचलर पार्टी दिएकी थिइन्।

ऋचा पछिल्लो समय आफू निर्णायकको रुपमा रहेको कमेडी शो ‘कमेडी च्याम्पियन’मा व्यस्त छिन्। त्यस्तै, उनले फिल्म ‘हिजो आजका कुरा’ को छायांकन पनि सकेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *