‘बाँध मायाले’मा श्रृष्टीको लागि आर्यनको लडाई

डिसी नेपाल
१६ भदौ २०७५ २:१०

काठमाडौं । नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘बाँध मायाले’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्र निर्माण टिमले हिजो युटयुब्मार्फत ट्रेलर सार्वजनिक गरेको हो । २ मिनेट ५९ सेकेन्टको ट्रेलरमा आर्यन र सृष्टि बीचकोको प्रेम, दोन्द र मिलनलाई देखाइएको छ ।

असोज ५ गते प्रदर्शनमा आउने चलचित्रमा आर्यन र सृष्टिसँगै नव–नायक किशोर खड्का, कलाकारहरु राजाराम पौडल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङ लगायतका कलाकारको अभिनय रहेको छ ।

सविर श्रेष्ठले निर्देशन गरेको चलचित्रमा अर्जुन पोखरेलेको संगीत, बाबु श्रेष्ठको छायांकन र रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन छ । सविर र रामहरी धिताल मिलेर यस चलचित्रलाई बनाएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *