विपिन कार्की अभिनित ‘सेल्फी किङ’को टिजर सार्वजनिक

डिसी नेपाल
१८ मंसिर २०७६ ८:०६

काठमाडौं। आउँदो माघ २४ गतेलाई प्रदर्शन मिति तय गरेको विपिन कार्की अभिनित फिल्म ‘सेल्फी किङ’को टिजर सार्वजनिक गरिएको छ।

सार्वजनिक टिजरमा अभिनेता विपिनलाई मात्र देखाईएको छ। प्रायः फिल्ममा भिन्न–भिन्न पात्रमा प्रस्तुत भएका विपिन यस फिल्ममा पनि विल्कुलै भिन्न र नयाँ रुपमा देखिएका छन्।

टिजरमा देखाइए अनुसार फिल्मले आफूलाई ‘सेल्फी किङ’ सम्झने एक हाँस्य कलाकारले कला यात्राको दौरानमा आफूले पाएको सफलता र ब्यक्तिगत जीवनबिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा भन्नेछ।

विशाल सापकोटाको डेब्यू निर्देशनमा तयार भएको फिल्ममा विपिनले लक्ष्मी वर्देवासंग जोडी बाँधेका छन्। साथमा अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको फिल्ममा अभिनय रहेको छ। फिल्ममा अभिनेत्री केकी अधिकारीले बिशेष भुमिका निर्वाह गरेकी छिन्।

गतवर्ष प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’का निर्माता सुभाष थापा र सोही फिल्मका निर्देशक दिनेश राउतले संयुक्त रुपमा ‘सेल्फी किङ’ निर्माण गरेका हुन्। फिल्ममा निर्देशक विशालकै लेखन, सुशन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत र निर्मल लामाको कोरियोग्राफी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *