भाइरल गर्ल प्रिया प्रकाश : जसले लिँदैछिन एउटै विज्ञापनको लागि यति धेरै रकम

डिसी नेपाल
२६ असार २०७५ ६:०४

एजेन्सी। आँखाको जादू देखाएरै सामाजिक संजालमा भाइरल भएकी प्रिया प्रकाश वारियर पुनः एक पटक चर्चा छिन्। तर उनी अहिले कुनै बढी ल्याङ्ग्वेजले गर्दा चर्चामा आएकी होइनन्।

भारतीय संचार माध्यमका अनुसार उनले एक विज्ञापन खेल्नको लागि एक करोडको सम्झौतामा हस्ताक्षर गरेकी हुन्। उनले एक नेशनल एड कमर्शियल शूटका लागि त्यति रकम लिन लागेकी हुन्।

जुन एक न्यू कमरका लागि निकै धेरै रकम मानिन्छ। जसले गर्दा उनी अहिले समाचारमा छाएकी छन्। प्रियाले केही दिन अगाडि नै मुम्बईमा एक स्टुडियोमा एड शुटका लागि देखिएकी थिइन्।

यसअघि प्रिया प्रकाश आफ्नो इन्स्टाग्राममा प्रमोशनका लागि प्रत्येक पोस्टको ८ लाख चार्ज लिने गरेको समाचारले चर्चामा थिइन्। उनको इन्स्टाग्राममा ६० लाख भन्दा बढी फलोवर्स छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *