अमेरिका बस्ने नेपालीको कथा ‘अमेरिकन बाबु मेड इन नेपाल’

डिसी नेपाल
२७ असार २०७५ १०:३८

काठमाडौँ । सम्पूर्ण छायांकन अमेरिकामा गरिएको चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्बजनिक गरिएको छ ।

सार्वजनिक ट्रेलरमा अमेरिका बस्ने नेपालीहरुकै कथा समेटिएको छ भने चलचित्रमा अमेरिकामा मै रहदै आएका नेपाली कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको निर्देशक तथा सम्पादक ईश्वर थापा हुन् ।

ड्रिम्स गेट नेपाल फिल्मस् प्रा।लिका लागि राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीको निर्माण रहेको यस चलचित्रमा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ ।

चलचित्र प्रदर्शन अमेरिकावाटै हुने तयारी भैरहेको जानकारी पनि निर्देशक ईश्वर थापाले भिजन संसारलाई बताएका छन् । अमेरिकाको न्यूयोर्कमा ९ सेप्टेम्बर र ब्रानफर्ट सिटीमा १६ सेप्टेम्बरमा रिलिज हुने निश्चित भैसकेको जानकारी पनि निर्देशक थापाले दिएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *