“भारत”मा सलमान खानको बुवा बन्दै ज्याकी श्राफ

डिसी नेपाल
१३ साउन २०७५ १२:४७

एजेन्सी। भारतीय चर्चित अभिनेता ज्याकी श्राफ चलचित्र “भारत’मा बाबुको भूमिकामा देखिने भएका छन्।

भारतीय संचारमाध्यमका अनुसार ज्याकीले स्क्रिप्ट राम्रो लागेरै उक्त चलचित्रमा बाबुको भूमिकामा अभिनय गर्न राजी भएका हुन्। उनले अब यस चलचित्रमा सलमान खानको बाबु बनेर अभिनय गर्नेछन्।

रियल लाइफमा ज्याकी श्राफ सलमान खान भन्दा ९ वर्षले जेठा छन्। ज्याकी श्राफले यसअघि चलचित्र ‘ब्रदर्स’ र ‘धूम–३’ मा पनि बाबुको भूमिकामा अभिनय गरिसकेका छन्।

अली अब्बास जफरले निर्देशन गरेको भारत चलचित्र कोरियन फिल्मको आधिकारिक हिन्दी रिमेक हो। चलचित्रमा भारतमा सलमानको मूख्य अभिनय रहेको छ।

जहाँ नायिकाको रुपमा प्रिंयका चोपडाले अभिनय गर्ने तय भएको थियो तर केही अघि मात्रै प्रिंयकाले आफ्नो विवाहको मितिलाई लिएर यस चलचित्रमा अभिनय नगर्ने बताउँदै छोडेकी थिइन्। अहिले उनको स्थानमा नयाँ नायिकाको खोजी भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *