नेपाली क्रिकेट टोलीका फिजियो डा. पुरन सलमानसँग काम गर्दै
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका फिजियो डा. पुरन तिरुवा बलिउडको ठूलो बजेटको फिल्ममा फिजियोको रुपमा काम गरिरहेका छन् ।
उनी सलमान खानको फिल्म भारतमा फिजियोको रुपमा काम गर्दैछन् । फिल्ममा सलमानसँगै बलिउडका धैरै सुपरस्टार हुने बताइएको छ।
उनले यसअघि बलिउड सुपरस्टार अमिताभ बच्चन, आमिर खान र हलिउडका स्टन्ट डाइरेक्टरसँग काम गरेका थिए। डा. तिरुवाले बलिउडको बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’मा फिजियोको रुपमा काम गरिसकेका छन्। उनी बलिउडको ठूलो फिल्म निर्माण कम्पनी यशराज फिल्मससँग पनि अनुबन्धित भइसकेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment