यस्तो बन्यो ‘छक्का पन्जा ३’को गीत ‘पहिलो नम्बरमा’

डिसी नेपाल
१५ साउन २०७५ ९:०२

काठमाडौं । दशैमा रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’मा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

राजेन्द्र थापाको शब्द, विन्दु परियार र डेभिड शंकरको स्वर रहेको गीतमा दीपक शर्माले संगीत भरेका छन् ।

यो गीतमा चलचित्रका सबै कलाकारलाई देख्न सकिन्छ । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङ, स्वस्तिमा खड्का, बर्षा राउत सबैलाई गीतको भिडियोमा समेटिएको छ ।

दिपाश्री निरौला र दीपकराज गिरीको लगानी रहेको चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन । चलचित्रको छायाँकन पुरुषोत्तम प्रधानले गरेका हुन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *