‘जय शम्भु’ ट्रेलर सार्वजनिक, किन भिडदैछन् प्रशान्त र अनुप ? (भिडियोसहित)

डिसी नेपाल
१५ साउन २०७५ ९:०६

काठमाडौँ । भदौ १ गतेबाट प्रदर्शन हुने चलचित्र ‘जय शम्भु’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा पछिल्लो समय निकै चर्चामा रहेका कलाकारद्धय प्रशान्त ताम्राकार र अनुप विक्रम शाहीको टकरावलाई देखाइएको छ ।चलचित्रको ट्रेलर पूर्ण एक्सन फ्लेभरमा सार्वजनिक गरिएको छ । यस अघि चलचित्रको टिजर र गीत सार्वजनिक गरिएको थियो । टिजर र गीतबाट चलचित्रको प्रचार तीब्र भएको छ ।

अनुप विक्रम शाही र प्रशान्त ताम्राकार एउटै चलचित्रमा देखिएको कारण पनि चलचित्रप्रति दर्शकको आशा थपिएको हो । ‘ऐश्वर्य’ पछि प्रशान्तको ‘जय शम्भु’ दोश्रो चलचित्र हो ।

ट्रेलरमा प्रशान्त र अनुपको अलाबा वर्षा शिवाकोटी पनि फिचरिङ छिन् । अनुमानित गरिएको समय र बजेट भन्दा निकै गुणा बढि बजेटमा तयार भएको ‘जय शम्भु’ एक्सन लभ स्टोरी चलचित्र हो । एक्शनको पार्टबाट चलचित्रले केही नयाँपन दिन खोजिएको चलचित्रका निर्देशक रूपेश तामाङले बताएका छन् ।

दिनेश शाही प्रस्तुतकर्ता रहेको ‘जय शम्भु’मा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

यस्तै सह–निर्मातामा कुशल शर्मा र शिक्षा काफ्ले रहेका छन् । चलचित्रलाई रूपेश तामाङले निर्देशन गरेका हुन् । चलचित्रमा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्सन, टङ्क बुढाथोकीको सङ्गीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।

चलचित्रमा प्रशान्त, अनुप र बर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना आदीको मुख्य भूमिका रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *