सलमानको भारत छोडेपछि प्रियंकालाई फाइदा, हलिउड फिल्ममा यी हिरोसँग रोमान्स गर्दै

डिसी नेपाल
१५ साउन २०७५ १२:३२

एजेन्सी। प्रियंका चोपडाले सलमान खानसँग फिल्म भारतमा काम गर्न अस्वीकार गरिन् तर लगत्तै उनको हाथमा ठूलो हलिउड फिल्म आएको छ।

प्रियंकाले कमिक पुस्तकमा आधारित फिल्म काउब्वाय निन्जा वाइकिङ साइन गरेकी छिन्। फिल्ममा मुख्य भूमिकामा क्रिस प्याट हुनेछन्। हलिउड रिपोर्टरका अनुसार फिल्म इमेज कमिक ग्राफिक्स उपन्यासको कथामा बनिरहेको छ जुन उपन्यास एजे लिबर म्यान र रिले रस्मोले लेखेका थिए।

काउब्वाय निन्जा वाइकिङ साइकोथेरापिस्ट डा सेबेस्टियनले तयार गरेको काउन्टर इन्टेलिजेन्स युनिटमा आधारित फिल्म हो। फिल्ममा क्रिस प्याट यस्तो एजेन्टको भूमिका निभाउनेछन् जोसँग काउब्वायजस्तै फाइटिङ स्किल छ, निन्जाजस्तै शक्तिशाली छ र स्वयंममा एक वाइकिङ पनि हो। फिल्मको निर्देशन गेम अफ थ्रान्सबाट चर्चित भएका मिशेल म्याकलरेनले गर्नेछन् । प्रियंका फिल्ममा क्रिसको अपोजिट देखिँदैछिन्।

फिल्म २८ जून २०१९ मा रिलिज हुनेछ। क्रिसको पछिल्लो फिल्म जुरासिक वल्र्ड द फलन किंगडम थियो। उनी एभेन्जर सिरिजको अर्को फिल्ममा पनि देखिन सक्छन् । न्यूज वेबसाइट भेराइटीका अनुसार प्रियंका छिट्टै अर्को हलिउड प्रोजेक्ट ‘इजन्ट इट रोमान्टिक’मा देखिँदैछिन्। यो फिल्ममा उनीसँग रिबेल विल्सन हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *