सारिकाले जितिन् ‘मिस टीन प्लस टु २०१८’ को उपाधी

डिसी नेपाल
१७ साउन २०७५ १३:२८

काठमाडौँ । स्टार वन इन्टरटेनमेन्ट प्रा.लि.ले प्लस टुमा अध्ययनरत किशोरीहरुबीच राजधानीमा आयोजना गरेको सौन्दर्य प्रतियोगितामा सारिका भौकाजी ‘मिस टीन प्लस टु’ भएकी छिन्। उनी बेष्ट स्पीच र बेष्ट हेयर विजेता समेत भएकी छिन्।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा मेरिना सुवेदी फष्ट रनर्सअपका साथमा बेष्ट स्कीन र मष्ट क्रियटिभ, स्मृति पराजुली सेकेन्ड रनर्सअपका साथमा बेष्ट स्माइल, अर्चना पाठक थर्ड रनर्सअपका साथमा मिस फोटोजेनिक र भिवर्स च्वाइस तथा लक्ष्मि सेवा मष्ट पपुलर र मल्टीमिडिया च्वाइस चुनिएका छन्।

बालकृष्ण पोखरेलको संयोजन तथा अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगितामा कमला तामाङ मिस ट्यालेन्ट, सभ्यता भण्डारी याम वाक र मिस कन्जिनियालिटी, इसु लामा मष्ट फ्रेण्डली, रोजिना गमाल युथ विथ रेस्पोन्सिबिलीटी, अन्विसा रावल मष्ट गर्जियस, ऐश्वर्य थापा वेष्ट सिंगर, शिक्षा आचार्य मष्ट आइकोनिक आइज, रोशनी श्रेष्ठ फेशन आइकन, दिपिका अधिकारी मष्ट डिसिप्लेन, चन्द्रीका रावल मिस व्युटिफुल, कुसुम क्षेत्री सोसियल वेलफेयर एमबेसडर, निरु कुचिकार वेष्ट पिलटनेस, सदिक्षा सिंह वेष्ट पर्सनालिटी र युट्युब भिवर्स च्वाईस तथा निमी शाक्य वेष्ट फिजीक भएका छन्।

गीत संगीतको सांगितीक माहोलमा सम्पन्न प्रतियोगितामा गायक आनन्द कार्कीले गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। गायक धु्रव विस्कोले पनि गीत प्रस्तुत गरेका थिए।

प्रतियोगितामा गायक अनन्द कार्की, अधिवक्ता तथा अभिनेता कृष्ण ढुंगाना, लायन्स क्लबकी प्रथम महिला गर्भनर सुष्मा शर्मा, डा. शान्ता सापकोटा, पुर्ण लामा र हिसानका अक्ष्यक्ष युवराज शर्मा निर्णायक रहेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *