आजबाट दुई नेपाली चलचित्र प्रदर्शनमा

डिसी नेपाल
१८ साउन २०७५ ५:०१

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ति चलचित्र हुन् – ‘कायरा’ र ‘झमकबहादुर’ । आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘कायरा’लाई आर्यन सिग्देलको ड्रिम प्रोजेक्टका रुपमा लिईएको छ ।

चकलेटी नायकको रुपमा दर्शकमाझ परिचित आर्यन र अहिलेकी दर्शकको रोजाईमा परेकी नायिका साम्राज्ञीका कारण पनि लक्ष्मण रिजाल निर्देशित यो चलचित्र दर्शकका लागि प्रतिक्षामा थियो ।

यस चलचित्रमा आर्यन र साम्राज्ञीले पहिलोपटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरुको पनि अभिनय छ । गीतसंगीत र ट्रेलरबाट सकारात्मक प्रतिक्रिया पाएका कारण हलमा दर्शकको उपस्थिति उत्साहजनक हुनेमा ‘कायरा’ टिम विश्वस्त देखिएको छ ।

यता आजबाट अभिनेता अनुप विक्रम शाही स्टारर चलचित्र ‘झमक बहादुर’ पनि प्रदर्शनमा आएको छ । सुन तस्करी, लुटपाट र अपहरणलाई मुख्य कथा बनाएको चलचित्रलाई भोमन कटुवालले निर्देशन गरेका हुन । मिनकुमार तामाङ निर्मित ‘झमक बहादुर’ मा यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *