नक्कली नोट छापेको आरोपमा पक्राउ परेका ‘लुट’ निर्माता वाग्ले २५ लाख धरौटीमा रिहा

डिसी नेपाल
१८ साउन २०७५ १३:२४

नक्कली नोट छापेको आरोपमा पक्राउ परेका ‘लुट’ सिरिजका निर्माता माधव वाग्लेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंले नक्कली नोटको कारोबार गरेको भन्दै गत जेठमा पूर्पक्षको लागि थुनामा पठाएको थियो । निर्माता वाग्ले २५ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।

प्रहरीले जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको थियो । नेपाल राष्ट्र बैंकले निर्माता वाग्लेको साथबाट भेटिएको नोट ‘जाली’ रहेको पुष्टि गर्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

वाग्लेले नयाँ फिल्म ‘चङ्गाचेट’ को प्रायोजनका लागि नक्कली नोट छापेको प्रहरीसमक्ष बयान दिएका थिए । प्रहरीले ‘लुट’, ‘लुट–२’, ‘छड्के’, ‘रेशम फिलिली’ लगायतका फिल्मका निर्माता तथा वितरक वाग्लेसहित महेन्द्र बोगटी, सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी र विकेश नापितलाई पक्राउ गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *