बलिउडमा आठौं नयाँ हिरोइन भित्र्याउँदै सलमान्, पहिले ल्याएका थिए यी ७ हिरोइन

डिसी नेपाल
१८ साउन २०७५ १४:५५

मुम्बइ। बलिउडमा ७ नयाँ हिरोइन ल्याइसकेका सुपरस्टार सलमान खानले अब आठौं नयाँ हिरोइन ल्याउने तयारी गरिरहेका छन् । यी हिरोइन एक स्टारकिड हुन् । चर्चित अभिनेता मोहनीश बहलकी छोरी प्रनूतन बहललाई सलमानले फिल्ममा ल्याउने तयारी गरिरहेको बताइएको छ ।

यसअघि पनि सलमानले ७ हिरोइन लन्च गरेका थिए । ती हिरोइनमा धेरैले बलिउडमा केही गर्नै सकेनन् । यस्तोमा ठूलो प्रश्न उठेको छ कि के प्रनूतन सलमानको विश्वासमा खरो उत्रिन सक्छिन् ? आउनुहोस् एक पटक हेरौं ती हिरोइनहरुलाई जसलाई सलमानले बलिउडमा ल्याएका थिए।

१. जरिन खानः जरिन खानले आफ्नो करिअरको सुरुवात सफलमानसँग फिल्म ‘वीर’बाट गरेकी थिइन् । पहिले वीर कटरिनालाई अफर गरिएको थियो तर कटरिना उपलब्ध नभएपछि सलमानले उनीजस्तै देखिने जरिनलाई ल्याएका थिए ।

२. डेजी शाहः डेजीलाई पनि सलमानले फिल्म ‘जय हो’ बाट लन्च गरेका थिए । त्यसपछि उनी हेट स्टोरी, रेस ३ मा पनि देखिइन् । यद्यपि उनी बलिउडमा स्थापित हुन सकेकी छैनन् ।

३. सोनाक्षी सिन्हाः स्टारकिड सोनाक्षीलाई सलमानले फिल्म दबंगबाट लन्च गरेका थिए । त्यसपछि सोनाक्षी लगातार विभिन्न फिल्महरुमा देखिएकी छिन् र उनले आफूलाई प्रमाणित पनि गरेकी छिन् ।

४. अथिया शेट्टीः सुनील शेट्टीकी छोरी अथियालाई पनि सलमानले नै लञ्च गरेका थिए । उनीसँगै आदित्य पंचोलीका छोरा सुरज पंचोलीलाई सलमानले फिल्म हिरोबाट लन्च गरे । तर, फिल्म भने फ्लप भयो ।

५. स्नेहा उल्लालः स्नेहा उल्लाल झट्ट हेर्दा ऐश्वर्याजस्तै देखिन्छिन् । यही कारण उनलाई सलमानले फिल्म लकी मा लन्च गरेको बताइन्छ , तर, त्यसपछि स्नेहा कुनै फिल्ममा देखिइनन् । उनको करिअर यत्तिमै सकियो।

६. सना खानः सनालाई सलमानले फिल्म जय हो बाट लन्च गरेका थिए । बिगबोसमा समेत पुगेकी सनाको बलिउड करिअर भने फ्लप भयो ।

७. कटरिना कैफः कटरिनालाई सलमानले फिल्म मैने प्यार क्यों किया बाट लन्च गरेका थिए । कटरिनाले भने सलमानको इज्जत बचाइन् र टप हिरोइनको रुपमा स्थापित भइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *