प्रधानन्यायाधिश सिफारिसमा ओलीले दोहोरो भूमिका खेलेको कांग्रेसको आरोप

डिसी नेपाल
२२ साउन २०७५ १६:१५

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठकले प्रधानन्यायाधिशको सिफारिस र सुनुवाईमा प्रधानमन्त्रि केपी शर्मा ओलीले दोहोरो भूमिका खेलेको आरोप लगाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्दीय कार्यसमिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका कारण संबैधानिक दुर्घटना हुन सक्ने ठहर पनि गरेको छ।

बैठकले आफै अध्यक्ष भएको समितिले सिफरिस गर्ने र सुनुवाइ समितिमा आफ्ना सांसदलाई अस्विकृत गर्न निर्देशन गरेर दोहोरो चरित्र देखाएको आरोप लगाएको हो। बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै प्रवक्ता विश्व प्रकाश शर्माले सत्ता पक्षले शैक्षिक योग्यता सम्बन्धि लगाएको आरोप पुष्टि गर्दै नक्कली भए छानबिन गरी कारबाही गरेर देखाउन सरकारलाई दबाब दिने निर्णय गरेको बताए।

यस्तै बैठकले शैक्षिक योग्यताको निहुमा सरकारले न्यायिक स्वतन्त्रतामाथि हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ। न्यायालय माथि सरकारको हस्तक्षेप भएको भन्दै नेपाली कांग्रेसले सडक र संसदमा कडा विरोध निर्णय पनि गरेको प्रवक्ता शर्माले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *