सरकारले गरीब जनताको जीवनमाथि खेलबाड गरिरहेको कांग्रेसको आरोप
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले गरीब जनताको जीवनमाथि खेलबाड गरिरहेको आरोप लगाएका छन्। वरिष्ठ नेता पौडेलले विमान खरिदमा ठूलो कमिशनको चलखेल गरिएको भन्दै सरकारको चर्काे आलोचना गरेका हुन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले भ्रष्टाचारलाई संस्थागत गरेर लोकतन्त्र समाप्त पार्न लागि परेको आरोप पनि लगाए।
वरिष्ठ नेता पौडेलले विमान खरिदमा ठूलो धनराशी घोटाला गरेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले अर्काे चुनावमा सत्ताकब्जा गर्ने षडयन्त्र गरिरहेको दावी पनि गरे।
काँग्रेस नेता पौडेलले सरकारलाई जथाभावी चल्न नदिन पार्टी भित्रको एकता बलियो हुनुपर्ने आवश्यक्ता पनि औंल्याएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment