बल्ल खुल्यो राजेश र रेखाको प्रेम सम्बन्ध, यस्तो रहेछ लुकाउँनुको रहस्य

डिसी नेपाल
६ भदौ २०७५ ०:०३

काठमाडौँ । राईजिङ किङ्गको नामले चर्चित गायक राजेश पायल राई र नायिका रेखा थापाबीचको प्रेम सम्बन्धलाई लिएर बजार तात्न थालेको छ। नायिका रेखा थापा पूर्व पति छविराज ओझाबाट छुटटिएसँगै पछिल्लो समय गायक राजेश पायल राईसँग नजिकिएको भन्ने खबरहरु एक कान, दुई कान हुँदै मैदान भएको छ।

पछिल्लो समय नायिका रेखा थापाले चलचित्र बनाउँदा हरेक फिल्मका कुनै न कुनै गीतमा गायक राजेश पायल राईको स्वर रहेको हुन्छ भने उनीहरु एक अर्काको कार्यक्रममा पनि निकै प्राथमिकताका साथ उपस्थित भएका हुन्छन् । मंगलबार नायिका रेखा थापाको जन्मदिन परेको थियो । उनको जन्मदिनमा गायक राई काठमाडौँ आईपुगेका छन्।

उनी केही दिनयता गीत रेकर्डिङ्को लागि भारको मुम्बई गएका थिए। रेखाको जन्मदिनमा गायक राईले आँफुहरु दुई जनाको सम्बन्धका बारेमा खुलासा गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *