बाबुराम र हिसिलाको त्यो पहिलो भेट (भिडियो)
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले हिसिला यामीसँगको पहिलो भेट बारेमा यो भिडियोमा जानकारी दिएका छन्।
नेपाली कांग्रेसका स्वर्गीय नेता भरत शमशेर राणाको स्मृतिमा आयोजित शोक सभामा बाबुरामले भरत शमशेर राणाको माध्यमबाट हिसिलालाई चिनेको प्रशंग जोडेका थिए ।
भारतमा अध्ययनको क्रममा हिसिलासँग बाबुरामको पहिलो भेट भएको थियो।
भरत शमसेरको निधनको १३ औँ दिनको पुण्यतिथी पारेर बुधबार कांग्रेसले सानेपामा आयोजना गरेको कार्यक्रममा भट्टराईले आफ्नो र यामीबीचको भेट प्रशंग सुनाएका थिए ।
हिसिलासँगको परिचयका क्रममा बाबुरामले हिसिलाका बुबाको नाम लिएपछि हिसिला बाबुरामसँग इम्प्रेस भइन् । त्यसयता उनीहरूबीच सम्बन्ध बढ्यो र पतिपत्नीको नातामा अघि बढ्यो ।
सुन्नुस् बाबुरामबाट त्यो भेटको प्रशंगः
No ads found for this position

डिसी नेपाल
Facebook Comment