ओली सरकारसँग विप्लवले वार्ता नगर्ने, फसाउँन खोजेको आरोप

डिसी नेपाल
११ भदौ २०७५ १२:५३

काठमाडौं । सरकारले द्धन्द्धरत समुहसँग वार्ता गर्न भनी हालमात्रै टोली गठन गरको छ। उक्त टोलीको पहिलो उद्देश्य भनेको विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्नु हो। राजनीतिको मूल धारबाट टाढिँदै गएको विप्लव नेकपा सँग सरकारले वार्ता टोली गठन गरेपनि विप्लव नेतृत्वको नेकपाले वार्ताको औचित्य नरहेको प्रतिक्रिया दिएको छ।

पार्टीका प्रवक्तालाई सरकारले नियत राखेरै पक्राउ गरेको भन्दै वार्ता टोलीसँग छलफल गर्नुको कुनै औचित्य नभएको उक्त पार्टीको ठहर छ।

नेकपा लगायत तराईमा रहेका सशस्त्र समूहसँग वार्ता गर्न सरकारले गत शुक्रवार पाँचजना सदस्य रहेको उच्चस्तरीय वार्ता टोली गठन गरेको थियो उक्तपार्टीका नेता ईश्वरी प्रसाद दाहाल असारे काकाले थुप्रै नेता कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै अपराधीको जस्तो व्यवहारले वार्ता हुन नसक्ने बताए।

बाहिर एकथरी र भित्र दमन गर्ने नीति सरकारले लिएको उक्तपार्टीको बुझाई छ। सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिए पनि प्रहरीले उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई फेरी पक्राउ गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *