भाषणको भाषाः मोदीलाई जिल्याउने चलाख ओली (भिडियो)

डिसी नेपाल
१५ भदौ २०७५ १६:१४

काठमाडौं । यो भिडियो हेरेपछि तपाँइले पक्कै भन्नु हुनेछ- क्या मिलेको ओली-मोदी क्यामेष्ट्री ।

एक बर्ष अघिसम्म ओली-मोदी सम्बन्ध यतिसम्म तिक्ततापूर्ण थियो त्यो हामी सबैलाई थाहै छ । भारतीय नाकाबन्दीमा डटेर मुकाविला गरेका तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओली आज त्यही अडानका कारण प्रधानमन्त्रीका रूपमा पुनः स्थापित भएका हुन् भन्दा कतै फरक नपर्ला । किनकी उनको दलले चुनावमा पाएको जनमत एन्टी इन्डियन सेन्टिमेन्ट थियो भन्ने सबैलाई थहै छ ।

तर शुक्रबार पशुपतिनाथ मन्दिर परिसरमा भारतीय लगानीमा बनेको धर्मशाला उद्घाटनका क्रममा ओलीले मोदीको र मोदीले ओलीको प्रशंसा गरेको र बारम्बार एकअर्काको चर्चा गरेको देख्दा एक बर्ष अघिको नाकाबन्दी र तिक्ततापूर्ण सम्बन्ध बिर्साउने खालको प्रस्तुती दुबै प्रधानमन्त्रीको थियो ।

सम्बोधनका क्रममा दुबै प्रधानमन्त्रीले एकअर्काको पुरक बन्नका लागि प्रयोग गरेका सन्दर्भ र प्रशंसा साँच्चिकै हेर्न र सुन्न लायक थियो ।

विमिस्टेक सम्मेलनका लागि मोदी नेपाल आएका हुन्, उनी शुक्रबार बेलुका भारत फर्केका छन् । सम्मेलन उद्घाटनमा मोदीले हिन्दीमा भाषण गरेका थिए भने ओलीले अंग्रेजीमा । मोदीले हिन्दीमा भाषण गर्न हुन्छ भने हाम्रा प्रधानमन्त्रीले किन नेपालीमा भाषण नगरेर अंग्रेजी छाँट्नु परेको? भन्दै सामाजिक सञ्जालमा बहस चलेको थियो ।

सायद त्यसैले पनि होला पशुपतिमा आज शु्क्रबार भएको धर्मशाला उद्घाटनमा ओलीले कुटनीतिक शैली अपनाउँदै मोदीले पनि नेपाली बुझ्नुहुन्छ भन्दै नेपालीमै बोले ।

ओलीले भाषण सुरू गर्दा गुजराती भाषा र नेपाली भाषा उस्तै उस्तै खालको आपसमा बुझिने भाषा भन्दै आफू अंग्रेजीमै बोल्नु नपर्ने र नेपालीमा बोले पनि अतिथि मोदीजीले बुझ्ने भन्दै नेपाली भाषा बोलेका थिए ।

ओली पछि बोलेका मोदीले पनि ओलीले उठाएको नेपाली र गुजराती भाषाको प्रशंगमा लय मिलाउँदै रोचक ढंगले हिन्दी भाषाको भषाण प्रस्तुत गर्ने मेलो निकाले ।

मोदी र ओलीको चलाखीपूर्ण र आफ्नो भाषामा दुबैको अडान र उनीहरूका भाषणमा व्यक्त सन्दर्भहरू सुन्न र हेर्न लायक थिए।

डिसी नेपाल डटकमबाट साभार

ओली र मोदीको भाषा चयनबारे रोचक सन्दर्भसहितको यो भिडियो हेर्नुस्ः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *